×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडिसी लघुवित्तको चौथौ त्रैमास : खुद नाफा २२.९४ प्रतिशतले बढ्यो, इपीएस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडिसी लघुवित्तको चौथौ त्रैमास : खुद नाफा २२.९४ प्रतिशतले बढ्यो, इपीएस कति ? (विवरणसहित)

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २२.९४ प्रतिशत बढी हाे ।अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
यस्तै, संस्थाकाे खुद व्याज आम्दानी र सञ्चालन नाफा क्रमश:  १५.५९% र १०.०७%ले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी  १४ करोड २१ लाख ४८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले २ करोड २९ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । प्रकाशित विवरण अनुसार संस्थाको सञ्चालन नाफा ९ करोड ५४ लाख ९० हजार रूपैयाँबाट बढेर १० करोड ५१ लाख ११ हजार रूपैयाँ पुगेको छ ।
संस्थाकाे चुक्ता पूँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । यता, संस्थाकाे प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी