- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । समृद्धि फाइनान्सको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले ३ करोड ३८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्ष यहि अवधिमा ५१६.६१ प्रतिशतले बढी हाे । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले ५४ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यस्तै, संस्थाको खुद व्याज आम्दानी ३३२.७५ प्रतिशतले बढेर ३ करोड ९ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ७१ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । यता, सञ्चालन नाफा ३ करोड २१ लाख रुपैयाँबाट बढेर ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन नाफा ४४.६८ प्रतिशतले बढी हो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेसंगै खुद नाफा वृद्धिमा टेवा पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाकाे चुक्ता पूँजी १८ करोड १९ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड ६९ लाख रुपैयाँ रहेकाे छ । फाइनान्सकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ८९ पैसा रहेकाे विवरणमा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्