×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क ८१.३४ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

PRIME CA

सानिमा जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क ८१.३४ प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५३.४० प्रतिशतले बढोत्तरी गरी ५ करोड ५६ लाख २९ हजार रुपैयाँ पुर्याएको छ ।  अघिल्लो वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे ।
यस्तै, कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । यो रकम अघिल्लो वर्षकाे तुलनामा ८१.३४ प्रतिशतले धेरै हाे । अघिल्लो  वर्ष कम्पनीले ७ करोड ४७ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । समिक्षा अवधिसम्ममा कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीकाे बिमा कोषमा २ करोड ९६ लाख ३३ हजार रुपैयाँ थियाे ।
यो असारमसान्तसम्ममा कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ संचित छ । त्यसैगरी, कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे छ । उक्त आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबीप्लस’ रेटिङ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: