×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेभ द चिल्ड्रनद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

सेभ द चिल्ड्रनद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेभ द चिल्ड्रनले आईतबार ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा संस्थाले एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरकाे साे मात्राकाे भेन्टिलेर सहयाेग गरेकाे हाे ।
यससँगै ती भेन्टिलेर मन्त्रालयको प्राथमिकता अनुसार कोभिड-१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ । सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको हाे । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड-१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भन्नुभयो । पछिल्लो समय कोभिड-१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।
यसैबीच कोभिड-१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानिय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: