×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबीआई बैंकमा कार्यरत १२ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

एसबीआई बैंकमा कार्यरत १२ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ ?

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • चन्द्र खनाल / अर्थ सरोकार प्रदेश ५ ब्युरो
रुपन्देही । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम ह्वात्तै बढेको छ । यहि क्रममा रुपन्देहीमा शनिबार एकैपटक १२ जना बैंक कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । कुल १७ जना लाई कोरोना संक्रमण हुँदा त्यसमध्ये १२ जना एसबीआइ बैंकका कर्मचारी परेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।  
बाँकी २ जना सिद्धार्थनगर नगरपालिका वडा नं २ बेलहियाका तथा ३ जना बुटवलका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले अर्थ सरोकार डटकमलाई बताए । २६ गते सोमवार समुदाय स्तरमा गरिएको पिसिआर परिक्षणमा एसबीआइ बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । ति कर्मचारीमा पोजेटीभ पाईएपछि अन्य कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी बैंकका सबै कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदा १२ जनाको पोजेटिभ देखिएको शाहले बताए । 
‘समुदाय स्तरमा २सय ३५ जनाको गर्दा एकजनाको मात्र पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिने बैंकका कर्मचारी रहेको पाईएपछि बैंकका सवै कर्मचारीको गरिएको थियो’ शाहले अर्थ सरोकार डटकमसँग भने । 
बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकरोड भैरहवामा रहेको एसबीआइ बैंकको शाखा कार्यालय सिल गरिएको छ । बैंक सिल हुँदा सेवा प्रभावित भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: