- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ६.३९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको बिमा कोषको आकार १.४४% ले बढेको छ भने खुद बिमा शुल्क ७.८३ प्रतिशतले घटेको छ । कम्पनीको बिमा कोषमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषको आकार १ अर्ब ४ करोड २२ लाख ९५ हजार रुपैयाँ थियो । यता, कम्पनीको अघिल्लो वर्ष १ अर्ब २८ करोड ६१ लाख ८९ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यो असार मसान्तसम्ममा १ अर्ब १८ करोड ५४ लाख ६८ हजार रुपैयाँमा झरेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले १ अर्ब ६७ करोड १८ लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८० करोड ४७ लाख ९१ हजार रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकी रहेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको महाविपत्ति कोषमा ९ करोड ४३ लाख ४३ हजार रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २८८ रुपैयाँ ०२ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्