×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको चौथौ त्रैमास: खुद नाफा १७.३० प्रतिशतले घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

सिर्जना फाइनान्सको चौथौ त्रैमास: खुद नाफा १७.३० प्रतिशतले घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १२ करोड ५१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १७.३० प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड १४ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी  ३.६८% ले बढेर ३० करोड ९५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो समीक्षा अवधिमा सञ्चालन नाफा २२ करोड ४ लाख ७९ हजार रुपैयाँबाट घटेर १७ करोड ८८ लाख ५१ हजार रुपैयाँमा खुम्चिएको छ । बैंकको सञ्चालन नाफा  १८.८८ प्रतिशतले घटेको छ ।   
असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ५६ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ०४ पैसा विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: