×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • र्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले ३६० ट्रान्सपोर्ट सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहि हदसम्म भएपनि बस भाडाका लागि खुद्रा बोक्नुपर्न झन्जट नरहने बैंकको विश्वास छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: