×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्स लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ८४.५७% ले बढ्दा प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

स्पर्स लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ८४.५७% ले बढ्दा प्रति सेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ८४.५७% ले बढोत्तरी गरी २ करोड ८८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले १ करोड ५६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ७०.३७% र ७०.२१% ले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ७ करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, सञ्चालन नाफा भने २ करोड २८ लाख ६३ हजार रुपैयाँबाट बढेर ३ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकोले गर्दा खुद नाफा वृद्धि हुनेमा टेवा पुगेको हो । 
यो चौथौ त्रैमाससम्ममा संथाको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ । संस्थाको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९२ पैसाले बढेर ३० रुपैयाँ ७४ पैसा (वार्षिक) पुगेको छ । अघिल्लो वर्षको यहि अवधिमा १८ रुपैयाँ ८२ पैसा रहेको थियो। यता, प्रतिसेयर नेटवर्थ १३९.२३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: