
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजनाका साथ सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ ।
महिलाको पर्व हरितालिका तीजको विशेष अवसर पारेर हिजो सुरुवात गरेको उक्त खाता योजनामा शुन्य मौज्दातमा घरैबाट अनलाईनको माध्यमबाट खाता खोल्न सकिने बैंकले जनाएको छ । नारी बचत खातामा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।
साथै सो नयाँ योजनामा महिलाहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे जनाएको छ । घरै बसेर खाता खोल्न सकिने उक्त खाता योजनामा स्वास्थ्य बीमाको सुविधा समेत भएको सनराईज बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्