×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद साहद्वारा पुजारी मारिएको ठाउँमा भब्य मन्दिर र मठ निर्माण गर्ने घोषणा

PRIME CA

सांसद साहद्वारा पुजारी मारिएको ठाउँमा भब्य मन्दिर र मठ निर्माण गर्ने घोषणा

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ  सरोकार सम्बाददाता 
गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहद्वारा मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारी साहप्रति सांसद साहले सम्मान स्वरुप मठ र मन्दिर निर्माण गर्न लागेका हुन् । 
“पुजारीको हत्या मार्फ़त धार्मिक सामाजिक कार्यमा लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने र उक्त स्थानमा भईरहेको बजारको विकासलाई रोकने हत्याराहरूको स्पष्ट अभिप्राय देखिएकोले त्यस्तो हुन न दिन माननीय प्रभु साहको पहलमा सबै पक्षबाट सहयोग जुटाएर हामी यो मन्दिर निर्माण गर्न लागेको प्रभु साहको स्वाकिय सचिव बिजय यादवले बताए र संभवतः भोली नै उक्त मन्दिरको शिलान्यास हुने“ पनि जानकारी गराए ।
पुजारी श्रीराम साहले हनुमान मन्दिरको स्थापना गरे देखि उक्त स्थानमा बाज़ारको तिब्र विकास भई रहेको थियो । पुजारीको हत्या पश्चात बजारको भविष्य नै अनयौल हुने देखिएको कुरा उप मेयर सिमल कुमारी साहले बताउनुभो । ५ वर्ष अगाड़ी मा। प्रभु साहको पहलमा देवाहीबाट खेसराहिया हुदै बीरेन्द्र राजमार्गमा जोड़ने नया सड़क निर्माण भए देखि उक्त स्थानमा बाज़ार लागदै आएको छ ।
पुजारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सांसद साहले निरन्तर ध्यानाकर्षण गराउदै आएका छन् । यसअघि सांसद साहले पुजारी हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग राखेका थिए । 
पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार ९खेसरहिया० मा प्रहरी चौकी स्थापना गर्नुपर्ने सांसद साहको माग थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: