×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: गिट्टी कुटेर जीवन चलाउँदै भेरीका महिला, शिवगङ्गा नदीमा पुल नहुँदा `नाइन्टिन फोटिन´को झल्को…!

PRIME CA

देश बोल्ने फोटो कथा: गिट्टी कुटेर जीवन चलाउँदै भेरीका महिला, शिवगङ्गा नदीमा पुल नहुँदा `नाइन्टिन फोटिन´को झल्को…!

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले गिट्टी कुटेर जीवन चलाउँदै भेरीका महिलादेखि शिवगङ्गा नदीमा पुल नहुँदा `नाइन्टिन फोटिन´को झल्को..सम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भेरी नगरपालिका –३ नयाँबस्ती नजिकै सडकको किनारमा गिट्टी कुट्दै महिला । यहाँ गिट्टी प्रतिबोरा रु ५० मा बिक्री हुने गर्छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१४ र १७ बीच भएर बग्ने शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै स्थानीयवासी । 
दाङको तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा गरिएको व्यावसायिक टर्कीपालन । पछिल्लो समय दाङमा टर्कीपालनबाट मनग्य आम्दानी गर्ने गरिएको छ । 
डोटी विद्युत् वितरण केन्द्र दिपायलमा लामो समयदेखि बेवारिसे अवस्थामा फालिएका विद्युत् ट्रान्सफर्मर । उचित संरक्षण तथा सम्वद्र्धन नगरिँदा बर्खाको समयमा खिया लागेर करोडौँ मूल्यका ट्रान्सफर्मर नोक्सान हुँदै गएको छ । 
जुम्लाको चन्दननाथ नगरपालिका–४ का किसान हरिदत्त न्यौपानेले बजार लैजान बगैँचामा टिपेर राखेको स्याउ । निषेधाज्ञा जारीका कारण गत वर्ष जस्तो यस वर्ष सहज नहुँदा किसान मर्कामा परेका छन् । 
राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङअन्तर्गत बागलुङ नगरपालिका–१ रामरेखामा सडक कालोपत्र गर्दै श्रमिक । रामरेखाको सहिद पार्क अगाडि साँघुरो सडक विस्तार भएपछि कालोपत्रे गरिएको हो ।
बागलुङ बजारका झण्डै ४० हजार उपभोक्ताले प्रयोग गर्ने खानेपानी शद्धीकरणका लागि मुहानको नजिकै बनाइएको ‘स्लो स्यान्ट’।
कैलालीको चुहास्थित बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिल । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयसम्म मिल बन्द हुँदा पाटपुर्जा खिया लागेको छ । 
भक्तपुरको दरबार क्षेत्र नजिकै घाममा माटोका भाँडा सुकाउँदै स्थानीयवासी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: