×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

धनगढीमा मास्क बाँड्दै ट्राफिक प्रहरी…’मैले त मास्क लगाए, तपाईको मास्क खोई ?’ (फोटो-कथा)

BIZBAZAR
  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोराना भाइरसको संक्रमण बढेसँगै धनगढीमा ट्राफिक प्रहरी सक्रिय बनेका छन् । शुक्रबार ट्राफिक प्रहरीले धनगढीका विभिन्न ठाउँमा चेकिङ्ग गर्दै मास्क नलगाउनेलाई सम्झाउने र मास्क वितरण गरेको हुन् । 

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले घरबाट बाहिर निस्किदा मास्कको प्रयोग अनिवार्य गरेको छ । पछिल्लो समय गृह मन्त्रालयबाटै पनि मास्कको प्रयोग नगर्नेलाई संक्रामक ऐन अन्तर्गत कारबाहि गर्न पनि निर्देशन जारी भईसकेको थियो । यसैगरी पुन देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन थालेपछि कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका टफिक प्रहरी निरिक्षक सरोज ठकुराठीले बताउनुभयो । उहाँका अनुसार सुरुवाती चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाई बुझाई गर्ने र केहि दिनमा होल्ड गरेर कारबाही गरिनेछ ।कारबाही स्वरुप रु. एक सय जरिवाना गरिने टफिक प्रहरी निरिक्षक सरोज ठकुराठीले बताउनुभयो । 

जनचेतनाका लागि सडकमा मास्क लगाएको स्ट्याचु नै खडा गरेका छौँ, उहाँले भन्नुभयो, ‘अहिले सम्झाएका छौँ तर अव भने कडाईका साथ कारबाही पनि गछौँ ।’ कतिपय सर्वसाधरण त झनै मास्क दिनकै लागि रोक्दा पनि भाग्ने गरेका भेटिएका छन् । मास्क प्रयोग नगर्नेमध्ये सबैभन्दा बढी ईरिक्सा रहेको प्रहरीले जनाएको छ । हिजो र आज गरि दुई दिन जनचेतनामुलक कार्यक्रम गरेको र आगामी दिनमा थप कडाईका साथ फिल्डमा उत्रिने प्रहरीले जनाएको छ । शुक्रबार धनगढीमा टफिक प्रहरी आफै मास्क वितरण गर्नमा व्यस्त ! हेर्नुहोस् फोटो फिचरमा…  

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal