×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा चमक, खुद नाफा ६०.४४ प्रतिशतले वृद्धि (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा चमक, खुद नाफा ६०.४४ प्रतिशतले वृद्धि (विवरणसहित)

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ करोड ४१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा  ६०.४४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले  २ करोड १२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।   
यता, कम्पनीको बिमा कोषको आकार पनि ६.०७% ले बढेर ३० करोड ८० लाख १ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २९ करोड ३ लाख७१ हजार रुपैयाँ थियो । यो असारमसान्तसम्म संस्थाले खुद बिमा शुल्क ३७.८१ प्रतिशतले बढोत्तरी गरी ३१ करोड ८० लाख २२ हजार रुपैयाँ  पुर्याएको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २३ करोड ७ लाख ५२ हजार रुपैयाँमात्र थियो । 
यो चैतमसान्तसम्ममा कम्पनीले २२ करोड ३८ लाख ३१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम ४३ करोड ४ लाख २८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा विवरणमा उल्लेख छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी