×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पाकिस्तानमा चिनियाँ हस्तक्षेप, प्रजातान्त्रिक आर्थिक प्रणालीमा नियन्त्रण’ : अध्ययन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

‘पाकिस्तानमा चिनियाँ हस्तक्षेप, प्रजातान्त्रिक आर्थिक प्रणालीमा नियन्त्रण’ : अध्ययन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले पाकिस्तानको राजनीतिक र आर्थिक प्रक्रियामा प्रत्यक्ष प्रभाव विस्तार गर्न प्रजातान्त्रिक तवरले चुनिएका प्रतिनिधिहरू र निजामती कर्मचारीहरू संयन्त्रमा आफ्नो पहुँच विस्तार गरिरहेको हङकङस्थित एसिया टाइम्सले जनाएको छ । 
चिनियाँ राष्ट्रपतिले अहिले पाकिस्तान सरकार र सैन्य विस्तारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार भएको बताइरहेका छन् । सन् २०१६ देखि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले पाकिस्तान सरकारलाई तत्कालीन नवाज शरिफ सरकारलाई दबाब दिएका थिए । उनले योजना मन्त्रालयमा आफ्नो भूमिका खोजी गरेका थिए । 
तीनले अर्बौं बिलियन डलरको चीन -पाकिस्तान आर्थिक करिडोरको निगरानी गर्नेसमेत जनाइएको छ । त्यस समय चिनियाँ प्रस्ताव अस्वीकार गरिएको थियो । तर, गत वर्ष प्रधानमन्त्री इमरान खान सामु उक्त प्रस्ताव फेरि प्रस्तुत गरिएको थियो । चीनले चिनियाँ परियोजनाहरु चाँडो सम्पन्‍न गर्नुपर्ने शर्त राखेको थियो । 
पाकिस्तानी प्रधानमन्त्रीलाई सैन्य शक्तिको पपेट बनाउने गरी चिनियाँ रणनीति रहेको बुझिएको छ । राष्ट्रपति सीले आफ्नो इच्छा पूरा गर्नका लागि पाकिस्तानी कानुनलाई नै प्रभावमा पारेर पाकिस्तानी योजना मन्त्रालयमा भूमिका खोज्‍ने र पछि मुलुकमाथि हस्तक्षेप गर्न मार्ग प्रशस्त हुने जनाइएको छ । -पब्लिक न्यूज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: