×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ भाइरोलोजिस्टले भनिन् – ‘कोभिड-१९ चिनियाँ ल्याबमा बनाएको हो, मसँग प्रमाण छ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चिनियाँ भाइरोलोजिस्टले भनिन् – ‘कोभिड-१९ चिनियाँ ल्याबमा बनाएको हो, मसँग प्रमाण छ’

Artha Sarokar

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस चिनियाँ ल्याबमा बनाइएको एक चिनियाँ भाइलोजोस्टले बताएकी छन् । उनले वुहानको एक प्रयोगशालामा यो भाइरस बनाएको आफूसँग प्रमाण भएको दाबी गरेकी छन् । 
एक अन्तर्वतार्ताका क्रममा उनले चिनियाँ भाइरोलजिष्टले कोरोना भाइरस चीनको वुहानमा रहेको सरकारी नियन्त्रण प्रयोगशालामा बनाइए प्रमाणित गर्ने आफूसँग वैज्ञानिक प्रमाणहरु भएको दाबी गरेकी हुन् । वैज्ञानिक डा. लि-मेंग यान हङकङ स्कूल अफ पब्लिक हेल्थमा काम गरिरहेकी छन् । 
उनले अन्तर्वार्ताका क्रममा भाइरसको बारेमा वुहानमा निमोनिया अध्ययन गर्ने क्रममा थाहा भएको बताएकी छन् । उनले कोरोना भाइरस अध्ययन रिपोर्टको विश्व स्वास्थ्य संगठनबाट कुनै प्रतिक्रिया नआएकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरूले यसअघि चिनियाँ चिकित्सकहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दा त्यसको पिरणाम विश्व नै खतरामा परेको छ । 
अन्तर्वार्तामा यानले भाइरस वुहानमा प्रयोगशालामा बनेकार त्यो विशेष प्रयोगशालालाई चिनियाँ सरकारले नियन्त्रणमा राखेको दाबी गरेकी छन् । उनले कोरोना भाइरस वुहानको एउटा सी फुड मार्केटमा उत्पन्‍न भएको भन्‍न तर्क “केवल एक स्मास्कस्क्रीन” मात्र भएको बताएकी छन् । 
यानले यसबारे आफू सत्य बोलन्‍न खोज्दा चिनियाँ अधिकारीहरुले मार्ने धम्की दिएपछि आफू अमेरिका भाग्‍नुपरेको बताएकी छन् । उनले चिनियाँ अधिकारीले यसबारे आफूले संकलन गरेका प्रमाणहरु नष्ट गर्न र आफूलाई बदानाम गर्न गैरकानुनी क्रियाकलापमा संलग्‍न भएको आरोप लगाएको बताएकी छन् । 
यान हाल संयुक्त राज्य अमेरिकामा लुकिरहेकी छिन् । किनकि उनी आफ्नो सुरक्षाको बारेमा चिन्तित छन् । यद्यपि, वुहान इन्स्टिच्युट अफ भाइरोलिजका निर्देशक युआन झिमिंगले यसअघि सबै आरोपहरू अस्वीकार गरेका थिए । -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी