×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर उइगर अधिकारकर्मीहरुद्वारा प्रदर्शन

PRIME CA

अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर उइगर अधिकारकर्मीहरुद्वारा प्रदर्शन

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चिनको सिन्जियाङमा उइगरहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले यातना दिएको विरोधमा उइगर अधिकारकर्मीहरुले अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर व्यापक विरोध प्रदर्शन गरेका छन् । उइगर अमेरिकी अभियानकर्ता रुसान अब्बासले उत्तर-पश्चिमी चीनको सिनजियाङ प्रान्तमा चीन सरकारले यातना शिविरमा राखेको दुई वर्ष पुगेको तर अझै रिहा नगरेको भन्दै अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शनका लागि उत्रिएकी छन् । 
अमेरिकाका लागि चिनियाँ राजदूत कुई टियान्काईलाई उनको ट्विटर पोस्टमा ट्याग गर्दै रुसन अब्बासले उनको परिवारका सदस्यहरूको सुरक्षित र द्रुत रिहाइको माग गरेका छन् । “डा. गुलशन अब्बासको गैरकानुनी हिरसातमा राखेको दुई वर्ष पुगेको र अन्य ३ मिलियनभन्दा बढी उइगरहरुलाई नजरबन्दामा राखेको विरोधमा चिनियाँ दूतावासअघि प्रदर्शन गरिरहेका छौं । हामी हाम्रो परिवारका सदस्यहरूको सुरक्षित र द्रुत रिहाइको माग गर्दछौं । हामीलाई उहाँहरु जीवित रहेको प्रमाण दिनुहोस् !” अभियानकर्मीले भने । 
पछिल्लो एक भिडियो सन्देशमा रुसान अब्बासले डिज्‍नीको चलचित्र मुलानमा सिनजियाङका धेरै दृश्यहरू छायांकन गरेकोमा आलोचना गर्दै चीन सरकारको उइगरहरु विरुद्धको क्रूर अभियानलाई डिज्‍नीले साथ दिएको बताएकी छन् । अब्बास, जो आफैं सिन्जियाङको जधानी उरुमचीकी हुन् । उननले डिज्‌नीको टोली आफ्नो बहिनीलाई हिरासतमा राखेको यातना शिविरमा पुगेको हुनसक्‍ने बताएकी छन् ।
“मेरो आफ्नै बहिनी, एक सेवानिवृत्त मेडिकल डाक्टर सन् २०१८ देखि देखि हिरासतमा छ । यो हप्ता उनको बेपत्ता भएको दुई वर्ष पुगेको छ । यी सबै समयमा हामीसँग उनको कुनै खबर छैन । जब म डिज्नीको मुलानको बारेमा समाचार देख्छु, म निशब्द र निराश भए कि यदि बहिनी राखिएको यातना शिविरबाट डिज्‍नी गए भने,” उनले भनिन् । रुसान अब्बास सन् २०८९ देखि अमेरिकामा बस्दै आएकी छन् । 
उइगरहरुलाई सामूहिक हिरासत शिविरमा पठाएर, तिनीहरूको धार्मिक क्रियाकलापमा हस्तक्षेप गरेर समुदायका सदस्यहरुको श्रम शोषण गर्दा चीनको विश्‍वभर चर्को आलोचना भइरहेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: