×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व नजिकिएसँगै बजार अनुगमनको दायरा बढाइयो, टोलीद्वारा यी स्थानहरुमा कडा अनुगमन हुँदै ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चाडपर्व नजिकिएसँगै बजार अनुगमनको दायरा बढाइयो, टोलीद्वारा यी स्थानहरुमा कडा अनुगमन हुँदै ! (भिडियो रिपोर्ट)

Artha Sarokar

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले दशैं लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । साधारणतया विभागले ४/५ वटा टोलिमार्फत बजार अनुगमन गर्दै आएको छ । विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकि छदै विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । 
विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताउनुभयो । खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो । त्यस्तै विषयत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएको उहाँले बताउनुभयो । यस्तै, सबै प्रदेश र स्थानीय तहलाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको बताउनुभयो ।
बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ताले स्पष्ट पार्नुभयो । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।
विभागले चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यपछि क्रमशः सबै प्रदेशहरुमा बजार निरिक्षण अधिकृतहरुलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताउनुभयो । साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरीने समेत उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी