×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूर पहाड ‘बाजुरा’ को स्याउ धनगढी पुग्यो, अब ! “…स्याउ खान भन्सार होईन बाजुरा कुरौँ” (फोटो-कथा)

PRIME CA

सुदूर पहाड ‘बाजुरा’ को स्याउ धनगढी पुग्यो, अब ! “…स्याउ खान भन्सार होईन बाजुरा कुरौँ” (फोटो-कथा)

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूर पहाड बाजुराको स्याउ धनगढी पुगेको छ । सुदूरपश्चिम प्रदेशमै स्याउको प्रशस्त सम्भावना रहँदा रहँदै पनि प्रदेशको अस्थायी राजधानी धनगढीमा स्याउ खानका लागि छिमेकी मुलुक भारतको भर पर्नुपर्ने बाध्यता रहेको थियो । तर यतिबेला बाजुराको स्थानिय स्तरमै उत्पादन गरेको स्याउ धनगढी पुगेपछि स्याउको सहज आपुर्ति हुनुका साथै स्वस्थ स्याउ खान पाईने अनुमान गरिएको छ । 
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले उक्त उद्घाटन गर्दै स्याउको सहज आपुर्तिका लागि पहल गर्ने समेत दावी गर्नुभयो । कानुनमन्त्री शाहले उक्त स्याउ पुर्णतया अर्गानिक भएको बताउँदै एकपट खाएपछि मात्रै स्वाद थाहा हुने बताउनुभयो । यसभन्दा अघिल्ला वर्ष बाजुराबाट स्याउ नेपालगञ्ज लगाएतका शहरहरुमा जाने गरेको भएतापनि यसपालीबाट भने धनगढीमा पनि पुर्याउने उद्धेश्य रहेको स्याउ कृषक समन्वय समिती बाजुराका अध्यक्ष मनबहादुर रोकायाले बताए । 
रुखबाटै स्याउ खरिद गर्दा ए ग्रेडको ५०, बि ग्रेडको ४०, र सि ग्रेडको ३० रुपैँया पर्ने गरेको भएतापनि ढुवानीका लागि निकै कठिन हुने गर्दा यहाँसम्म आईपुग्दा प्रतिकेजी रु.११० पर्न जाने रोकायाले बताए । यो सँगै अब धनगढीमा पनि आफ्नै ठाउँको अर्गानिक स्याउको आपुर्ति शूरु भएको छ । जसको बिक्रिवितरण आजबाट थालिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: