×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च जोखिममा हुँदा-हुँदैपनि धनगढीका बैंकमा उदेगलाग्दो भिड, ‘पढायो-पढायो पाठ सोह्र दुना आठ…’

PRIME CA

उच्च जोखिममा हुँदा-हुँदैपनि धनगढीका बैंकमा उदेगलाग्दो भिड, ‘पढायो-पढायो पाठ सोह्र दुना आठ…’

अर्थ सरोकार

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना कहरकाबीचमै धनगढीका बैंक तथा वित्तिय संस्थाहरुको लापरवाही बढ्दै गएको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदै गईरहेका बेला बैंकहरुको लापरवाही भने कायमै रहेको छ । 
धनगढीमा सबैभन्दा बढी भिडभाड हुने बैंकको रुपमा स्थापित भएको राष्ट्रिय वाणिज्य बैंकको भिड झनै उदेगलाग्दो देखिएको छ । कोरोना कहरकाबीच उक्त बैंकको शाखामा पुग्ने सेवाग्राहीहरुबीचमा कुनै भौतिक दुरी कायम गराइएको छैन । कतिपयले त झनै सुरक्षाका सामाग्रीको प्रयोग समेत गरेको देखिदैनन् । बैंकको कामले शाखामा पुग्ने सेवाग्राहीहरुको व्यवस्थापनमा भने राष्ट्रिय वाणिज्य बैंकको भुमिका निकै कमजोर देखिन्छ । 
कोरोना कहरकाबीचमै पनि भिडभाड हुने बैंकको संघ्या पाएको नेपाल एसबिआई बैंकको धनगढी शाखामा भिड व्यवस्थापन भने अझै हुन सकेको छैन । उक्त बैंकको शाखामा पुग्ने सेवाग्राहीको बीचमा पनि सामाजिक दुरी कायम गराइएको छैन । 
पछिल्लो केहिदिनयत महालक्ष्मी विकास बैंक लिमिटेडको धनगढी शाखामा पनि भिडभाड बढ्न थालेको छ । समाजिक दुरी र सुरक्षाका सामाग्रिबिना नै बैंकमा पुग्ने भिडका कारणले संक्रमणको जोखिम बढेको छ ।
त्यस्तै धनगढीमै रहेको माछापुच्छ्रे बैंक लिमिटेडको शाखामा पनि भिडभाड देखिएको छ । बैंकमा पुग्ने सेवाग्राहीहरुको लामो लाइनमा सामाजिक दुरीको भने अभाव देखिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: