×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं तिहारमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा सांसदहरुको जोड…! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

दशैं तिहारमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा सांसदहरुको जोड…! (भिडियो रिपोर्ट)

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । 
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उहाँले बताउनुभयो ।
सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताउनुभयो । मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो । सांसद सुजाता परियारले पनि दिनदिनै मुल्य बृद्धि भइरहेको बताउनुभयो । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताउनुभयो ।
समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्ण भएको बताउनुभयो । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: