- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि रहेको छन । त्यस्तै, मोबाइल, Music System,लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सकिन्छ ।
यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यस सरल किस्ताबन्दीमा विभिन्न स्थानको सोरुमहरुबाट सामान खरिद गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।