Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गरेका छन् । 
सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्ने बैंकले जनाएको छ । साथै ग्राहकले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न पनि सक्नेछन् । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK