×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा ‘समाचार’ले बुद्धिमानको जीवन फेरिदियो… मुक्तिनाथ बिकास बैंकले जागिर दियो, ट्र्रिटन कलेजले पढाइदिने भयो…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एउटा ‘समाचार’ले बुद्धिमानको जीवन फेरिदियो… मुक्तिनाथ बिकास बैंकले जागिर दियो, ट्र्रिटन कलेजले पढाइदिने भयो…

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आर्थिक विपन्नताले थलिएका बुद्धिमान माझीलाई मनकारीहरूको साथ मिलेको छ । भदौ २६ को कान्तिपुर दैनिकमा उनीबारे ‘छाकैपिच्छे भोकको डायरी’ फिचर प्रकाशित भएको थियो । सोही दिनबाट आफूलाई विभिन्न क्षेत्रका व्यक्तिबाट सहयोग आइरहेको उनले बताए ।
यसबीच उनले करिब एक लाख रुपैयाँ नगद सहयोग पाएका छन् । यसमध्ये अस्ट्रेलियाबाट कुसुम मगरले ४० हजार, राजनीतिकर्मी रवीन्द्र मिश्रले २५ हजार, अन्जना पौडेलले १० हजार उपलब्ध गराएका हुन् । देशविदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको उनले बताए ।
‘डिना बुढाथोकीले सुविधानगरस्थित ट्रिटन स्कुलको होस्टलमा राख्नुभएको छ,’ माझीले भने, ‘खाना र बस्न निःशुल्क छ । उहाँकै पहलमा बस्नका लागि कोठाको खोजी भइरहेको छ ।’ बुढाथोकीले उनका तीन भाइको १० कक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएकी छन् । १, ४ र ६ कक्षामा अध्ययनरत भाइहरू सिन्धुलीबाट काठमाडौं आउने भएका छन् । कोटेश्वर बहुमुखी क्याम्पसले उनलाई बीबीएस अध्ययनका लागि चार वर्ष पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।
समाचार प्रकाशित भएपछि क्याम्पसका प्रिन्सिपल गोविन्द कार्कीले निःशुल्क अध्ययनको सुनिश्चितता गरेका हुन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकमा बुद्धिमानको रोजगारी पक्का भएको छ । उनले बैंकमा आइतबारबाट काम सुरु गर्नेछन् । समाचार प्रकाशित भएपछि झन्डै २० ठाउँबाट जागिरका लागि अफर आएको र आफ्नो अध्ययनको विषय पनि मिल्ने भएकाले बैंक रोजेको उनले बताए ।
‘मेरो दुःखबारे कान्तिपुरमा छापिएपछि नयाँ जीवन सुरुवात भएको महसुस गरेको छु । बुबाआमा पनि खुसी हुनुभएको छ,’ माझीले भावुक हुँदै भने, ‘अब जागिरसँगै पढाइलाई निरन्तरता दिन्छु । मप्रतिको माया र विश्वासलाई कहिल्यै मर्न दिन्नँ ।’ कान्तिपुर दैनिकमा समाचार छापिएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: