×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको १३ औँ दिन धनगढी सुनसान, व्यापार ठप्प हुँदा व्यवसायी मर्कामा ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञाको १३ औँ दिन धनगढी सुनसान, व्यापार ठप्प हुँदा व्यवसायी मर्कामा ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निषेधाज्ञाको १३ औँ दिन धनगढी सुनसान देखिएको छ । बिहानको समयमा सर्वसाधरणको चहलपहल अत्याधिक देखिएको भएतानि दिउँसोको समयमा भने बजार पुर्ण रुपमा बन्द हुँदा धनगढी सुनसान देखिएको हो ।

गत भदौ ४ गते कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञामा पुन ५ दिन थप गर्दै भदौ १९ गतेसम्म पुर्याइएको छ । यसबीच अत्यावश्यक (खाद्यान्न,औषधी,दुग्धजन्य) काम बाहेकका सबै सेवा पुर्ण रुपमा बन्द गरिएका छन् । लगातारको बन्द र निषेधाज्ञाका कारण व्यापारीहरु ठुलो मर्कामा परेका छन् । पछिल्लो समय धनगढीका अधिकांश सटरहरुमा सटर भाडामा छ वा पसल बिक्रिमा छ लगाएका ब्यानर पनि देखिन थालेका छन् ।

कोरोना भाइरसको त्रास र सरकारले गरेको निषेधाज्ञा कहिलेसम्म रहने भन्ने कुराको टुँगो नलागेका बेला व्यापारीहरु समस्यामा परेका छन् । धनगढीमा देखिएको सुनसान माहोलसँगै बन्द व्यापार व्यवसाय ! हेर्नुहोस् फोटो फिचरमा…









Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: