×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १६ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
प्रकाशित विवरण अनुसार बैंकमा २१ प्रकारको बचत खाता रहेको छ । उक्त बचत खाताको ३ प्रकारमा ४.२५ प्रतिशत र १८ प्रकारमा ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, वैदेशिक मुद्रा बचत खातामा अमेरिकी डलरमा २.८५ प्रतिशत र युरोमा १ प्रतिशत ब्याजदर तोकेको छ । 
यता, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिना सम्म र ६ महिनादेखि १५ महिनासम्मको लागि ८.२५ प्रतिशत, १५ महिना माथिको लागि ८.५० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत र १ वर्ष माथिको लागि ७ प्रतिशत कायम गरेको छ । 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: