×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध चीनमा प्रदर्शन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध चीनमा प्रदर्शन

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध चीनमा प्रदर्शन बेइजिङ । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले विरोध प्रदर्शन गरेका छन् । मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बच्चाहरुलाई विद्यालय भर्ना गरेका छैनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्री मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्नेछ । 
धेरै जातीय मंगोलियनहरू यो कदमलाई तिनीहरूको सांस्कृतिक पहिचानको लागि खतरा ठान्छन् । चिन सरककारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् । 
“हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौं !” हालसालै भएको एउटा विरोध प्रदर्शनमा विद्यार्थीहरूले अमेरिकी सरकारले वित्त पोषित ब्रोडकास्टर रेडियो फ्री एशियासँग भने । 
यसविरुद्ध महिलाहरुले सामूहिक हस्ताक्षर संकलन गरेर मंगोलियनहरुको भाषामार्फत नै पढाउन पाउनुपर्ने दबाब दिने भएका छन् । त्यसैगरी युवाहरुले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन् । 
चिनियाँ विद्यालयहरुमा तीन विषयहरू राजनीति, इतिहास र भाषा र साहित्य – मंगोलियालीबाट मेन्डारिन भाषामा पढाउनुपर्ने नियम बनाइएको छ । यसअघि जातीय अल्पसंख्यकहरुले आफ्नो मातृभाषामा पढाउँदै आएका थिए । 
दक्षिणी मंगोलियन मानवाधिकार सूचना केन्द्र, न्यु योर्कमा आधारित एउटा सक्रिय समूहले यस क्षेत्रभरि आक्रोशपूर्ण प्रदर्शनहरु भएको जनाएक छ । धेरै अभिभावकहरूले स्कूल खुलेपछि मात्रै यो नीतिबारे जानकारी पाएका थिए । विद्यालय भर्ना गरिसकेपछि मात्रै अभिभावकहरुले थाहा पाएपछि आफ्नो विद्यार्थी भर्ना रोक्‍ने र विद्यालय पठाउनबाट रोक्‍ने गरेका थिए । 
“सयौं प्रहरीहरूले आफ्ना बच्चा फिर्ता लिन गएका अभिभावकलाई विद्यालयको छात्रावासभित्र प्रवेश गर्नबाट रोकेका छन् । केही घण्टा अवरोधपछि र रस्साकस्सीपछि अभिभावकहरूले अन्ततः पुलिसको ब्यारेकेड तोडेर आफ्ना बच्चाहरूलाई फिर्ता लिएका थिए । -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: