×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको विस्तारलाई रोक्न भारत-प्रशान्त क्षेत्रमा सहकार्य बढाउन जापानको आह्वान

PRIME CA

चीनको विस्तारलाई रोक्न भारत-प्रशान्त क्षेत्रमा सहकार्य बढाउन जापानको आह्वान

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चीनको विस्तारलाई रोक्‍न भारत-प्रशान्त क्षेत्रमा सहकार्य बढाउन जापानले आह्वान गरेको छ । जापानका रक्षामन्त्री तारो कोनोले बुधबार भारत-प्रशान्त क्षेत्रमा चिनियाँ विस्तारको प्रतिरोध गर्न सहयोग बढाउन आग्रह गरे । वाशिङ्‌टनस्थित सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीजद्वारा आयोजित वेबिनारमा बोल्दै कोनोले चीनको प्रतिकार गर्न ठूला क्षेत्रीय संयन्त्र वा विश्वव्यापी संयन्त्रको आवश्यक बताए ।
“चिनियाँ विस्तारले अन्तर्राष्ट्रिय नियम, अन्तर्राष्ट्रिय मापदण्डहरू उल्लंघन गरेको छ । अब हामीले चीनलाई केही मूल्य तिर्न बाध्य पार्नु पर्छ । अमेरिका र जापान एक्लै गर्न सक्दैनन् । मलाई लाग्छ हामीले विश्वव्यापी समुदायसँग सहकार्य गर्नु आवश्यक छ । त्यसकारण ठूलो क्षेत्रीय संयन्त्र वा विश्वव्यापी संयन्त्र आवश्यक छ,” कोनोले भने । 
इण्डो प्रशान्त क्षेत्रलाई ठूलो मात्रामा हिन्द महासागर र पश्चिमी र मध्य प्रशान्त महासागर, दक्षिण चीन सागर सहितको क्षेत्रमा फैलिएको छ । दक्षिण चीन सागरमा चीनको क्षेत्रीय दाबीले हिन्द महासागरमा जानको लागि गरेको प्रयासले स्थापित नियम-प्रणालीलाई चुनौती दिएको छ । भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनेई र ताइवानको दक्षिण चीन सागरमा चिनियाँ अतिक्रमण रोक्‍ने प्रयास गरिरहेका छन् ।
हालैका वर्षहरुमा जापानले यस क्षेत्रमा बेइजिङको गतिविधिको बारेमा बढ्दो चिन्ता व्यक्त गरेको छ । जुन विशेष गरी विवादित सेनकाकू टापुलाई चीनले दियाओयुदाओ टापुको रूपमा पहिचान गरेको छ र चीनले आफ्नो दाबी गरेको छ । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: