×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशी हस्तक्षेप’ सम्बन्धी छानबिनमा चीनको नाम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘विदेशी हस्तक्षेप’ सम्बन्धी छानबिनमा चीनको नाम

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अष्ट्रेलियाले आफ्नो पहिलो विदेशी हस्तक्षेपसम्बन्धी अनुसन्धानको अदालतमा बुझाइएको डकुमेन्टमा विदेशी राज्य चिनको नाम लिएको छ । चीनले विदेशी हस्तक्षेप गरेको भन्दै अदालतमा उक्त डकुमेन्ट पेश गरेको छ । 
तर, बेइजिङले भने उक्त आरोपलाई चीनविरोधी कदमको रुपमा आएको भन्दै आरोप अस्वीकार गरेको छ । अस्ट्रेलिया र यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनबीचको सम्बन्ध पछिल्लो समय बिग्रिँदै गएको छ । अस्ट्रेलियाको राजनीमा चीनले हस्तक्षेप गरेको अस्ट्रेलियाको आरोप छ।तर, चीनले लगातार अस्ट्रेलियाले लगाएका आरोपहरूको खण्डन गरेको छ । 
अष्ट्रेलियाको संघीय प्रहरी र अष्ट्रेलियाको सुरक्षा तथा खुफिया संगठन (एएसआईओ) ले न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का राजनीतिज्ञ र उनका कर्मचारीलाई चिनियाँ गतिविधिमा संलग्‍न भएको भन्दै जुन २ मा कार्याालयमा छापा हानेको थियो । तर, उक्त व्युरोले ती राजनीतिज्ञको चीनसँगको साँठगाँठ भए-नभएको खुलाएको छैन । तर अदालतले प्रहरीले प्रयोग गरेको सर्च वारन्टले विदेशी प्रधानलाई चीन सरकारको रूपमा चिनाउने जनाएको छ । 
एनएसडब्ल्यू लेबर पार्टीका राजनीतिज्ञ शाओक्वेट मोसेल्मनेका लागि काम गर्ने जोङ झाङले उच्च अदालतलाई उनको घर, व्यवसाय र मोसेल्मेको संसद कार्यालयका लागि जारी गरेको सर्च वारन्ट खारेज गर्न आग्रह गरेका छन् । 
अस्ट्रेलियाका सलिसिटर-जनरल स्टीफन डोनाघुले हस्ताक्षर गरेको सरकारी अदालतको कागजात, सुरक्षा कारणका लागि चीनमा काम गर्ने अष्ट्रेलियाली पत्रकारहरूलाई चेतावनी दिएका एक दिन पछि पेश गरिएको थियो । चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांङ वेनबिनले बताएका छन् । -पब्लिक न्यु एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी