Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्सका दुई वटा म्युचुअल फण्डको बुकक्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड १ र २ ले बुक क्लोज मिति तय गरेको छ । दुवै फण्डले आफ्नो इकाईधनीलाई नगद लाभांश वितरण गर्नेको लागि असाेज १५ गते (एक दिन) बुकक्लोज गर्ने भएका हुन् । यसअनुसार असाेज १४ गतेसम्मकायम इकाईधनीले मात्र उक्त लाभांश पाउनेछन्। 
योजना व्यवस्थापक सिबिआइएल क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको ७३ औँ बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट दुवै फण्डको प्रतिफल बितरण गर्ने निर्णय गरेको थियो । 
सिटिजन्स म्युचुअल फन्ड १ ले १५% बाट हुन आउने १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । भने सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १०%ले हुने ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK