
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड १ र २ ले बुक क्लोज मिति तय गरेको छ । दुवै फण्डले आफ्नो इकाईधनीलाई नगद लाभांश वितरण गर्नेको लागि असाेज १५ गते (एक दिन) बुकक्लोज गर्ने भएका हुन् । यसअनुसार असाेज १४ गतेसम्मकायम इकाईधनीले मात्र उक्त लाभांश पाउनेछन्।
योजना व्यवस्थापक सिबिआइएल क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको ७३ औँ बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट दुवै फण्डको प्रतिफल बितरण गर्ने निर्णय गरेको थियो ।
सिटिजन्स म्युचुअल फन्ड १ ले १५% बाट हुन आउने १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । भने सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १०%ले हुने ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्