Skip to content
LAXMI SUNRISE BANK

कोभिड-१९ महामारीको विद्यार्थीको शैक्षिक वर्षमा क्षति नहोस् भन्‍नका लागि ‘ओपन-एयर क्लास’

अर्थ सरोकार

काठमाडौँ । जम्मु काश्‍मीरको बडगाम जिल्लाको युसमर्ग क्षेत्रमा उच्च माध्यमिक विद्यालय कंडाजनका सरकारी शिक्षकहरूले कोभिड १९ को बन्दाबन्दीमा शैक्षिक नोक्सानीको क्षतिपूर्तिका लागि खुला आकाशमुनि सामुदायिक कक्षा सुरु गरेका छन् । पहाडी स्टेशनका रूपमा लोकप्रिय युसमार्ग काश्मीर उपत्यकाको पश्चिमी भागमा अवस्थित छ र कंडाजन गाउँका विद्यार्थीहरूलाई कम इन्टरनेट समस्यानका कारण अनलाइन अध्ययन गर्न गाह्रो भइरहेको थियो ।
यस्तो समयमा यी सामुदायिक कक्षाहरु विद्यार्थीहरूको लागि नयाँ आशाको किरण बनेका छन् । यसले उनीहरूलाई महामारीको बखत पनि अध्ययन जारी राख्‍न मद्दत गरिरहेको छ । यद्यपि कहीँ इन्टरनेट भए पनि केही विद्यार्थीहरू स्मार्टफोन नहुँदा अनलाइन कक्षामा भाग लिन असमर्थ थिए ।
सरकारी उच्च माध्यामिक विद्यालय कंडजन युसमार्गका प्रधानाध्यापक मंजूर अहमदले एएनआईलाई भने, “स्थानीय र विद्यार्थीका अभिभावकको अनुमतिले हामीले यी सामुदायिक कक्षा सुरु गरेका हौं ।” “धेरै विद्यार्थीहरू बिभिन्‍न कारणहरूले अनलाइन कक्षामा आउँदैन थिए । तर सामुदायिक कक्षाको थालनी भएपछि धेरै विद्यार्थीहरू कक्षामा आउन लागेका छन्,” अहमदले भने।
“हाल हामी कक्षा ६ देखि १० कक्षासम्मका कक्षाहरु चलाउँदैछौं,” उनले थपे । विद्यालयका शिक्षक वशीर मलिकले भने, “हामीले कोभिड-१९ महामारीको बीचमा विभिन्‍न विषयको मूल्यांकन गरेपछि कक्षा जारी राख्नको लागि पहल गरेका छौं । पाठहरू पठाउनु र भाइरि नियन्त्रण गर्न आवश्यक थियो ।”
मलिकले भने, “हामीले यो निर्णय गर्‍यौं कि खुला ठाउँमा कक्षा सञ्चालन गर्नु राम्रो हो ।” “कक्षा सञ्चालन गर्दा हामी मानक अपरेटिंग प्रक्रियाहरू (एसओपीएस) अनुसरण गरिरहेका छौं,” मलिकले भने । यस पहलको प्रशंसा गर्दै एक विद्यार्थी हनान मुश्ताकले भने, “हामी टाढा-टाढा बस्ने ठाउँमा हाम्रा शिक्षकहरू यहाँ दिनहुँ आउनु पर्छ । हामी उनीहरूप्रति आभारी छौं। ”
अर्का विद्यार्थी मसरत जानले भने, “हामी कोभिढ-१९ का बीच कमजोर इन्टरनेट जडानसहित हाम्रो कक्षामा संघर्ष गरिरहेका थियौं। तर हामी खुसी छौं कि स्कूलले अधिकारिक रुपमा सामुदायिक कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। ”-पब्लिक न्युज एजेन्सी 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK