×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पारिश्रमिक निर्धारणपछी महिला क्रिकेटर थप उत्साहित, कप्तान रुबिना भन्छिन् ‘अगामी दिनमा अझै फड्को मार्नेछ’ ! (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पारिश्रमिक निर्धारणपछी महिला क्रिकेटर थप उत्साहित, कप्तान रुबिना भन्छिन् ‘अगामी दिनमा अझै फड्को मार्नेछ’ ! (भिडियो)

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भयो । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए । योसँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो ।
महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताउनुभयो । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गर्नुभयो ।
त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदै आएको छ । न्युन अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुत पनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भने जस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को लामो प्रतिबन्ध पछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम छैन् । मौका र यथेस्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कसैको दुई मत छैन । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी