- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अनलाईन बजार, दराज र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लिडर भिसा बीच कारोबार गर्न हालै साझेदारी भएको छ । सन् २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि दराजले अलिबाबाको टेक्नोलोजी र अनुभवको लाभ उठाउदै ग्राहकहरुका लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाईन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ ।
यस साझेदारीलाई शुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई आगामी असोज १४ गतेसम्म भिसा कार्ड प्रीपेन्टमा १५ प्रतिशत छूट दिइरहेको बताएको छ । हाल ५ हजारभन्दा बढी विक्रेताहरू रहेको दराजमा इलेक्ट्रोनिक्स, किराना सामानदेखि फेसनसम्मका ४५ हजारभन्दा बढी उत्पादनहरू रहेका छन् ।
‘नेपालमा अनलाईन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं, यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाईन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,’दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भनेका छन् ।
भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबरसोर्सका प्रमुख शैलेश पलले भने, ‘सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाईन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौं र यसको लागी नेपालको अग्रणी अनलाईन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं ।’
ग्राहकहरुले दराजमा सेभ गरि राखेको भिसा कार्डमार्फत पूर्वभुक्तानी गरे रू.५०० सम्मको अधिकतम छूट पाउने छन् । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिने र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरुमा लागू हुने पनि बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्