
काठमाडौँ । नयाँ दिल्ली १५ जुनमा भारतीय सेनासँग भएको झडपका क्रममा एक सय चिनियाँ सेना मारिएको तथ्या सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा यससम्बन्धी बहसहरु सुरु भएका छन् । चीनले गल्वान उपत्यकाको संघर्षमा आफ्नो फौजबाट मारिएका सेनाहरुको संख्या लुकाउन ठूलो प्रयास गरे पनि त्यो सफल हुन सकेन छ । यससम्बन्धी नयाँ-नयाँ प्रमाणहरु फेला पर्न थालेका छन् ।
गलवान भ्यालीमा मारिएका सेनाको संख्या सार्वजनिक भएमा सुपर पावर बन्ने स्वघोषित ट्यागको आलोचना हुने त्रास चीनलाई छ । जुन १५ मा एलएसी पार गरेर चिनियाँ सेना भारतीय सीमा क्षेत्रमा प्रवेश गरेपछि १५ जुनमा उक्त झडप भएको थियो ।
एक चिनियाँ सैनिकको चिहान चिनी सोशल मिडिया प्लेटफर्म वेइबोमार्फत सार्वजनिक भएको थियो । जसमा भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना रहेको उल्लेख गरिएको थियो । उक्त झडपमा भारततर्फबाट २० जनाले ज्यान गुमाएका थिए ।
विवोमार्फत पनि दुई अन्य चिनियाँ सेनाको चिहानबारे उल्लेख गरिएको छ । म्यान्डारिनमा लेखिएको थियो, ‘१५ जुनमा भारतीय सेनासँगको झडमा सीमा सुरक्षाका क्रममा बलिदानी दिइयो ।’ चिनियाँ सरकारले गालवान संघर्षमा मारिएका आफ्ना सैनिकहरूको परिवारलाई दफन र अन्त्येष्टि समारोह नगर्न दबाब दिइरहेको अमेरिकी संवेदनशील रिपोर्टले दाबी गरेको छ । यसले थप आफ्नो गल्तीलाई छोप्नका लागि उनीहरुको परिवारलाईसमेत अन्त्यष्टीमा सहभागी नगराइएको बताइएको छ ।
अमेरिकी गुप्तचर मूल्यांकनले दाबी गरेको छ कि गल्ती ठानिएको घटनालाई लुकाउन उक्त झडपमा आफ्ना सेना नमारिएको जनाएको छ । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्