×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारमाथी आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन, पत्रकारको एउटै आवाज- “शान्ती सुरक्षा कायम गर…” (फोटो-कथा)

PRIME CA

पत्रकारमाथी आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन, पत्रकारको एउटै आवाज- “शान्ती सुरक्षा कायम गर…” (फोटो-कथा)

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलालीले प्रदर्शन गरेको छ । दिनेश सञ्चार गृहमै प्रवेश गरि पत्रकार तथा सञ्चारकर्मीमाथी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिन हुनलाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् । 
पत्रकारद्धारा गरिएको प्रदर्शन धनगढीको पार्कमोडबाट जिल्ला प्रशासनसम्म ¥यालीको आयोजना गरेका हुन् । यसअघि शनिबार नै पत्रकार महासंघले घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै आजसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो। त्यसैअनुरुप सडकबाट आन्दोलनको थालनी गरेको महासंघले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: