
- अर्थ सरोकार सम्बाददाता
काठमाडौैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा झन्डै ६ करोड बराबरको खसी, बोका र सय च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । जसमा खाद्यले १६ सय खसी, बोका र १४ सय च्याङ्ग्रा खरिद गर्नको लागि ५ करोड ९९ लाख रूपैयाँ बजेट छुट्याएको हो ।
कम्पनीका प्रमुख नेत्र प्रसाद सुवेदीले कोरोना संक्रमणको जोखिमकैबीच पनि आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र केही हदसम्म भएपनि बजारलाई नियन्त्रण गर्न उक्त तयारी भएको बताए । सुवेदीले खसी, बोका र च्याङ्ग्रा कहाँ–कहाँबाट ल्याउन भन्ने विषयमा छलफल भइरहेको पनि बताए । गत वर्ष कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट र खसी–बोका हेटौंडा र दाङबाट ल्याएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्