×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बिमितलाई भुक्तानी दिएन, बीमा समिति भन्छ- ‘अदालतमा मुद्धा छ, हामीले बोल्न मिल्दैन…’

SAGARMATHA CEMENTS

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुनै बेला कोरोना बीमाको खुब लहड थियो । कोरोना लाग्नेबित्तिकै बीमाको रकम आउँछ भनेर लोभ देखाइयो । यो बीचमा कतिपय कम्पनीहरुले त कोरोना पोजेटिभ देखिएका बीमितलाई १ हप्ताभित्र भुक्तानी दिएको भनेर जानकारी पनि गराए, फोटो खिचाएर सार्वजनिक पनि गरे । तर पछिल्लो समय केहि कम्पनीहरुले भने कोरोनाको बीमावापतको दाबी भुक्तानी दिन आनाकानी गरिरहेका छन् । जसमध्ये ग्राहकलाई सबैभन्दा बढी झुलाएको कम्पनी हो जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड । जसले कोरोना पोजेटिभ भएको रिपोर्ट पेश गरेको महिनौं हुँदा पनि दाबी भुक्तानी दिएको छैन । कहिले कोरोनाका कारण स्टाफ नभएको बहाना गरेर, कहिले रिपोर्ट नेगेटिभ भएको रिपोर्ट मागेर, कहिले चाहिने-नचाहिने कागज पुगेन भनेर अल्झाएर कम्पनीले बीमावापतको रकमको भुक्तानी रोकेको भन्दै बिमितहरुले गुनासो पोखिरहेका छन् ।
प्रतिनिधि एक उदाहरण जसलाई कम्पनीले झुलाउनसम्म झुलायो ! 
सुमन आचार्य (नाम परिवर्तन)ले आफु आवद्ध संघबाट आफ्नो कोरोना बीमा गराएका थिए । दुर्भाग्यबस् उनलाई पनि कोरोना भयो । उनले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी कम्पनीमा सप्रमाण पेश गरे । उनी आइसोलेसनमा बसे, निको भए । अहिले नियमित काममा फर्किसकेका छन् । महिनौं भयो उनले आफुलाई कोरोना पोजेटिभ भएको रिपोर्ट पेश गरेको । तर अहँ, अहिलेसम्म उनले भुक्तानी पाएनन् । कम्पनीमा धेरै पटक फलोअप गरेपछि कम्पनीले नेगेटिभ आएको रिपोर्ट माग्यो । उनले त्यो पनि बुझाए । तर अहिलेसम्म भुक्तानी आएको छैन ।
‘पोजेटिभ देखिनासाथ पैसा पाइन्छ भनेर हौवा पिटाइयो । अहिलेसम्म पैसा आएको छैन । मेरो मात्र होइन जीआइसीमा बीमा गरेकाहरुको अधिकांस मैले चिनेका साथीहरुको दाबी भुक्तानी आएको छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती पीडीतले भने, ‘रिपोर्ट नेगेटिभ आएको प्रमाण खोजियो, जुन पोलिसीमा कतै उल्लेख नभएको कुरा हो । यसले यो बीमाले कोरोना लागेपछि आइसोलेसनमा बस्दाको खर्चमा कुनै सहयोग नगर्ने स्पष्ट भयो । ल ठिकै छ, त्यो पनि दिएपछि त भुक्तानी दिनुपर्यो नि, तर अहँ कम्पनीले अहिलेसम्म भुक्तानी दिएको छैन ।’ उनका अनुसार स्टाफ नै कम्पनीमा नभएको बहाना गरेर भुक्तानी दिनमा ढिलाई गरिएको छ । ‘कम्पनीका स्टाफहरुलाई कोरोना लागेको छ, अफिसमै कोहि छैनन् भनियो । बीमा गराउँदा त्यहाँका जिम्मेवार व्यक्तिले म आवद्ध भएको संघका अध्यक्षलाई नै भेटेर सम्झौता गरे, अहिले पैसा तिर्नुपरेपछी कम्पनी भाग्न खोजिरहेको छ। ‘ 
के भन्छ कम्पनी ?
यस विषयमा बुझ्न हामीले कम्पनीका सूचना अधिकारी राम प्रसाद पौडेललाई फोन गरेका थियौं । सुरुमा उनले त्यसो नहुनुपर्ने र कसको त्यस्तो भएको हो, नाम उल्लेख गर्न भने । हामीले नाम नै किटेर फलानो-फलानोको क्लेममा तपाईंहरुले झुलाईरहनु भएको छ भन्ने जानकारी दिएपछि उनले यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताए । ‘मलाई क्लेमको खासै केहि थाहा नै हुँदैन । यस विषयमा मलाई केहि पनि थाहा छैन । म बुझ्छु ।’ उनले भने । अझ अचम्मको कुरा त उनले कोरोनाको क्लेम कति परेको छ भनेर उल्टै अचम्मको प्रश्न गरे । जवकि कोरोनाको क्लेम कि ५० हजार हुन्छ कि १ लाख । यति सामान्य ज्ञान पनि जिम्मेवार कम्पनीको सूचना अधिकारीलाई हुँदैन भने यस्तो सूचना अधिकारीको के काम ? प्रश्न उठेको छ ।
उनीबाट कुनै जानकारी नपाएपछि हामीले कम्पनीका जनरल मेनेजर एसके तामोटलाई फोन गर्यौं । उनको फोन अफ थियो । क्लेम नपाएका कयौं गुनासो ठुलै मान्छेहरुबाट आउन थालेपछि उनले फोन नै अफ गर्न थालेका छन् भन्ने पीडितले दिएको सूचनासमेत भेरिफाइड भयो ।
बीमा समिति भन्छ, ‘बोल्न मिल्दैन’
यस विषयमा नियामकको धारणा के छ त ? हामीले बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग कुराकानी गर्यौं । उनले त कोरोना बीमा सम्बन्धि मुद्धा अदालतमा विचाराधीन रहेकोले यससँग जोडिने कुनै कुरामा पनि बीमा समिति बोल्न नमिल्ने बताए । ‘अदालतमा यससम्बन्धमा मुद्धा छ । त्यहि भएर बीमा भुक्तानी किन नदिएको भनेर केहि पनि बोल्न मिल्दैन ।’ उनले भने । ‘अदालतमा मुद्धा त फरक विषयमा परेको हो नि, यो त क्लेमको कुरा भयो, पोजेटिभ केस पर्दा पनि क्लेम पाएनन् बिमितले’ हाम्रो प्रश्नमा फेरी उनले भने, ‘समग्र कोरोना बीमाको विषय जोडिएको हुनाले हामीले अहिले केहि पनि बोल्न मिल्दैन।’  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal