×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङ्गको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार, संसद पाठकद्वारा उद्घाटन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाग्लुङ्गको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार, संसद पाठकद्वारा उद्घाटन !

Artha Sarokar

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । 
एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरे । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलन काउण्टर, २१९शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी