- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ६ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।