- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।