- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति तोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ कायम गरेको छ ।