- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम सुनको मूल्य ७९ हजार९ सय ९९ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।