- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३२ रुपैयाँ कायम गरेको छ ।