- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रति तोला एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।