Skip to content

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Dish Home

अर्थ सरोकार

५ वर्ष अगाडि

  

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९७ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४० रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्