- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।