×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा न्यूरोडमा गुहेश्वरी मर्चेण्ट बैंकिङको नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पोखरा न्यूरोडमा गुहेश्वरी मर्चेण्ट बैंकिङको नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आजदेखि २०औँ शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा बिस्तार गरेको छ । 
गुहेश्वरीका गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमको उपस्थितिमा पोखरा–९, न्यूरोडमा २० औँ शाखा कार्यालयको सुरुवात पछि २० वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा आएको विज्ञप्तीमा उल्लेख छ । 
वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा रु. १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु. ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु. ३ अर्ब ७९ करोड प्रवाह भएको छ । 
प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ । प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: