×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमन्त्री योगेश भट्टराई भन्छन् – ‘हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएका छौँ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पर्यटनमन्त्री योगेश भट्टराई भन्छन् – ‘हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएका छौँ’ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनु भएको छ । कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनुभएको हो । बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताउनुभयो । 
उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताउनुभयो । पहिलो चरणमा उच्च पहाडी र पहाडि जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताउनुभयो । यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: