×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङमा नियन्त्रणमा लिइएका १२ जना पृथकतावादी भएको चीनको घोषणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हङकङमा नियन्त्रणमा लिइएका १२ जना पृथकतावादी भएको चीनको घोषणा

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हङकङमा पक्राउ परेका १२ अधिकारीलाई पक्राउ गरेपछि संयुक्त राज्य अमेरिकाले निन्दा गरेपछि चीनले अस्वीकार गरेको थियो । तर, हाल चीनले नियन्त्रणमा लिइएका १२ जनालाई पृथकतावादी घोषणा गरेको छ । साउथ चाइना मोर्निंग पोस्टका अनुसार बेइजिङको विदेश मन्त्रालयले घोषणा गरेको छ कि गत वर्षको सरकारविरोधी प्रदर्शनमा संलग्‍न फरार युवाहरुलाई अलगावादी र पृथकतावादीको संज्ञा दिइएको छ । “तिनीहरू कानुन बमोजिम आपराधिक हिरासतको अनिवार्य मापदण्डको अधीनमा छन् । मुद्दाको अनुसन्धान भइरहेको छ । सार्वजनिक सुरक्षा अधिकारीहरूले कानून बमोजिम संदिग्ध व्यक्तिको वैध अधिकारको रक्षा गर्नेछन्,” शेन्जेन सार्वजनिक सुरक्षा ब्यूरोको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।
नियन्त्रणमा लिइएकामध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । उनीहरुको उमेर १६ देखि ३३ वर्षसम्मका रहेका छन् । यद्यपि परिवारका सदस्यहरूले भनेका छन् कि उनीहरूलाई वकिलहरुले भेट्‍न पनि पाएका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चियाङले एक ट्वीटमार्फत हङकङलाई उनीहरुले अलग गर्न प्रयास गरेको बताएका थिए । 
परिवारका सदस्यहरूले गरेका दाबीको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सेप्टेम्बर ११ मा भनेका थिए, “संयुक्त राज्य अमेरिका गहिरो चिन्तित छ कि १२ हङकङका प्रजातन्त्रिक आन्दोलनलाई दुई हप्ताअघि हङकङको समुद्री किनारमा ग्वांगडोंङ समुद्री प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई मनपर्ने वकिलहरूको पहुँच अस्वीकार गरिएको छ ।” -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: