×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका आईएमईमा लापरवाहीको पराकाष्टा, १० तस्विरमा हेर्नुहोस् जोखिम मोलेरै यसरी सेवा लिदैछन् सेवाग्राही ! (फोटो-कथा)

PRIME CA

धनगढीका आईएमईमा लापरवाहीको पराकाष्टा, १० तस्विरमा हेर्नुहोस् जोखिम मोलेरै यसरी सेवा लिदैछन् सेवाग्राही ! (फोटो-कथा)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदाय स्तरमा पनि फैलिरहेका बेला सेवाग्राहीको भिड लाग्ने आईएमई सेन्टरहरुमा लापरवाही बढ्दै गएको छ । सजिलै रुपमा पैसा पठाउन र पाउन सकिने आईएमई सेन्टरहरुमा छिटो छरितो सेवाका लागि भिडभाड हुँदा जोखिम बढेको छ ।
पछिल्लो समय धनगढीमा बढ्दै गएको आईएमई सेन्टरहरुको संख्यासँगै महामारीका बेला लापरवाही भने व्यापक रुपमा देखिएको छ । धनगढीका कतिपय आईएमई सेन्टरमा सेनिटाईजर राखिनुका साथै सामाजिक दुरी कायम गरिएको छ भने कतिपयमा भने लापरवाहीको पराकाष्टा नै देखिएको छ । तिनै लापरवाही गर्ने धनगढीमा रहेका आईएमई सञ्चालकहरुको तर्कभने भिन्नभिन्नै रहेको छ । कसैले चोरी हुने डरले सेनिटाईजर नराखेको बताउँछन् भने कतिपयले ग्राहकले मागेमात्रै दिनेसम्मका तर्क राखेका छन् । 
बैंक तथा वित्तिय संस्थाहरुपछिको कोरोना जोखिममा आईएमई सेन्टरहरु रहेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम रहँदा थाहा पाउँदा पाउँदै पनि लापरवाही गर्नुले सेवाग्राही संक्रमणको जोखिममा रहेका छन् । धनगढीमा आईएमई सेन्टरको अवस्था ! हेर्नुहोस् फोटो फिचरमाः


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: